कोशीमा बढ्यो पानीको सतह, सबैलाई सर्तक हुन आग्रह - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कोशीमा बढ्यो पानीको सतह, सबैलाई सर्तक हुन आग्रह



काठमाडौं । केही दिन देखि लगातार भईरहेको वर्षाका कारण जल तथा मौसम विज्ञान विभागले सप्तकोशी आसापसका क्षेत्रमा रहेकाहरु बासिन्दालाई सर्तक रहन निर्देशन दिएको छ ।

सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिमि र १२ घण्टामा ९१ मिमि वर्षा भएको जानकारी विज्ञान विभागले दिएको छ । विभागका अनुसार अझै पनि वर्षा हुने क्रम जारी रहेकाले आसपासका क्षेत्रमा सबैलाई सतर्क रहन अुनरोध गरेको हो ।

जल तथा मौसम विभागका अनुसार आज र भोली देशको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुनेछ । विभागले स–साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउन पनि सम्पुर्णलाई आग्रह गरेको छ । चुरे पहाडी र तराईको केही भागमा आज र भोली मध्यम देखि भारी बर्षा हुने संभावना भएकाले बाढी आउन सक्ने सम्भावना रहेको विभागले बताएको छ ।