खारेज भयो गरिबी निवारण कोष - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

खारेज भयो गरिबी निवारण कोष



काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।

गरिवी निवारण कोषमार्फत लगानी भएको १९ अर्ब रकम सहकारी संस्थाको विउ पूजीमा रुपान्तरण हुने अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराए ।