कोरोनाको औषधि पत्ता लगाएको चीनको दाबी: घाँटीमा बाँधेर उपचार - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

कोरोनाको औषधि पत्ता लगाएको चीनको दाबी: घाँटीमा बाँधेर उपचार



एजेन्सी- चीनलगायत कयौं देशमा सयौं मानिसको ज्यान लिइसकेको कोरोना भाइरसबाट बच्ने उपाय पत्ता लगाएको एक तिब्बतियन चिकित्सकले दावी गरेका छन् ।

म्याक्लोडगञ्ज स्थित तिब्बतियन मेडिकल कलेज (मेन-से-खंग)का एक शोधार्थी डा. तेञ्जिन येशीले गरेको दावीअनुसार कालो कपडामा बाँधेर उनले विकास गरेको औषधि घाँटीमा राख्दा कोरोना भाइरसले शरीरमा असर गर्दैन ।

घाँटीमा बाँधिएको औषधिलाई बारम्बार सुँघिरहनुपर्छ । यसबाट शरीरको प्रतिरोधात्मक क्षमता बढ्छ । कुनै पनि भाइरसले शरीरमा असर गर्न सक्दैन । उक्त औषधि तिब्बतियन चिकित्सा पद्धतिबाट बनाइएको हो ।

निर्वासित तिब्बत सरकारका प्रेस अधिकारी पेल्जोर लाले पनि उक्त खबरको पुष्टि गरेका छन् । उनले भने, ‘तिब्बतियन चिकित्सक येशीले यस्तो औषधि बनाएका छन् ।

म्याक्लोडगञ्जस्थित तिब्बतियन मेडिकल कलेजको स्थापना बौद्ध धर्मगुरु दलाई लामाका पूर्व निजी चिकित्सक येशी डोंडेनले भाएर आएका गरेका थिए ।

तिब्बतियन पद्धतिबाट क्यान्सर रोगको उपचार गर्नका लागि संसारभर चर्चित रहेको डा. डोन्डेन दलाई लामाका साथ भारत आएका थिए ।

सन् २०१८ मा उनले पद्माश्रीबाट अभिनन्दित भएका थिए । हालसालै ९४ वर्षको उमेरमा उनको निधन भएको थियो ।