कोरोना भाइरसको परीक्षण आजबाट नेपालमै हुने - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

कोरोना भाइरसको परीक्षण आजबाट नेपालमै हुने



काठमाडौं- अहिले विश्वलाई नै आतंकित बनाइरहेको नयाँ खालको जीवाणु कोरोना भाइरसको परीक्षण आज (सोमबार)देखि नेपालमै हुने भएको छ।

यसअघि यो भाइरस संक्रमण आशंका भएका व्यक्तिको रगत तथा र्यालको नमुना परीक्षणका लागि विदेशै पठाउनुपर्ने बाध्यता थियो।

तर आज (सोमबार)देखि काटमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोना भाइरस परीक्षण हुने भएको हो।

प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाका अनुसार यो परीक्षणका लागि आवश्यक केमिकल आइपुगेकाले परीक्षण थालिने भएको हो।