त्रिभुवन विमानस्थलमा कोरोना परिक्षण गर्न मेशिन जडान - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

त्रिभुवन विमानस्थलमा कोरोना परिक्षण गर्न मेशिन जडान



काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको ज्वरो परीक्षण गर्ने थर्मल स्क्यानर मेशिन जडान गरिएको छ।

कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थल स्थित हेल्थ डेस्कमा थर्मल स्क्यानर मेसिन जडान गरी सञ्चालनमा ल्याएको हो।

मेसिन सञ्चालनमा आएसँगै अब त्रिभुवन विमानस्थलमा अवतरण गर्ने सबै विमानका यात्रुहरुको ईमिग्रेसनमा जानु अघि नै ज्वोरो नाप हुन्छ।

यसअघि विमानस्थल स्थित हेल्थ डेस्कका कर्मचारीले चीन, थाइल्याण्ड, जापान र कोरियाबाट आएका शंकास्पद यात्रुको मात्रै स्वास्थ्य परीक्षण गर्ने गरेका थिए।

चीनमा डिसेम्बर ३१, २०१९ मा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले दर्जन बढी मुलुकमा फैलिईसकेको छ। अहिलेसम्म चीनमा मात्रै ५६ जनाको ज्यान गईसकेको छ भने २००० बढीमा संक्रमण भएको बताइएको छ।