कोरोना महामारी: चीनमा एकै दिन ५६ जनाको मृत्यु - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

कोरोना महामारी: चीनमा एकै दिन ५६ जनाको मृत्यु



काठमाडौं- चीनमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या निरन्तर बढ्दै गएकाे छ। काेराेना भाइरसबाट चीनमा मर्नेहरूको संख्या ३६१ पुगेकाे छ।

आइतबार एकै दिन ५६ जनाको मृत्यु भएको चीनको हुबेई प्रान्तस्थित स्वास्थ्य प्राधिकरणको रिपोर्टमा उल्लेख छ।

याे भाइरसबाट फिलिपिन्समा पनि एक व्यक्तिको मृत्यु भएकाे पुष्टि भएको छ। अहिलेसम्म चीनमा काेराेना भाइरस संक्रमणका १४ हजार घटना भएका छन्। यस्तै चीन बाहिर १६१ बढी याे भाइरस संक्रमण भएका घटना पुष्टि भएका छन्।

प्राधिकरणका अनुसार ९ हजार ६ सय १८ जना बिरामीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ, जसमध्ये ४ सय ७८ जनाको अवस्था गम्भीर रहेको छ।

भाइरसकाे संक्रमणबाट जाेगिन विश्वका धेरै देशहरूले चीनसँकाे सीमा नाका बन्द गरेका छन्।

चीनले काेराेना भाइरसकाे उपचारका लागि १००० शय्याकाे अस्पताल तयार पारेकाे छ। चिनियाँ सञ्चार माध्यमका अनुसार अस्पतालको निर्माण पूरा भएकाले सोमवारदेखि सेवा सुरु हुने छ। याे अस्पताल वुहान सहरमा बनाइएकाे छ।

चीनको हुबेई प्रान्तको उहानबाट फैलिएको उक्त भाइरस अहिले विश्वका दुई दर्जन बढी मुलुकमा पुगिसकेको छ।