२४ घन्टामै सय बढीको मृत्यु: कोरोना झन् जोखिमपूर्ण बन्दै - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

२४ घन्टामै सय बढीको मृत्यु: कोरोना झन् जोखिमपूर्ण बन्दै



काठमाडौं- नोबेल कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १ हजार १६ जनाले ज्यान गुमाएका छन् । ४२ हजार मानिसहरु संक्रमित भएका छन्।

वितेको २४ घण्टामै थप १०३ जनाका ज्यान गएका थियो। चीनको हुबेई प्रान्तस्थित उहान शहरबाट फैलिएका कोरोना अहिले विश्वका दर्जनबढी देशमा फैलिइसकेको छ।

चीनबाहिर पनि कोरोना भाइरस संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन्। चीनको स्वास्थ्य विभागका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४२ हजार ६ सय ३८ पुगेको छ।

चीनको उहानमा मात्रै ९७४ जनाको ज्यान गएको र सात य २८ जना संक्रमित भएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्।

३१ डिसेम्बरमा हुवेई प्रान्तको वुहान शहरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको थियो।

यो भाइरसबाट संक्रमितलाई ज्वरो आउने, सास फेर्न अप्ठ्यारो हुने र छातीमा संक्रमण देखिने गर्छ।