इरानमा कोरोनाबाट बच्ने भन्दै रक्सी पिउँदा ३६ जनाको मृत्यु - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

इरानमा कोरोनाबाट बच्ने भन्दै रक्सी पिउँदा ३६ जनाको मृत्यु



एजेन्सी- इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको ज्यान गएको छ ।

घटनामा २७० जना बिरामी परेका त्यहाँको सरकारी समाचार संस्था आइआरएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

खुजिस्तान प्रान्तको अभाज शहरमा यो घटना भएको हो ।

कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच उनीहरुले रक्सी पिएका खबरमा उल्लेख छ ।

यस्तो रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको पनि बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट ठूलो असर पुगेको इरानमा एक दिनमा ५४ जनाको ज्यान गएको छ ।

यो सँगै इरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९१ पुगेको छ।