कोरोना भाइरस जैविक हतियार भएको विज्ञको यस्तो दाबी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कोरोना भाइरस जैविक हतियार भएको विज्ञको यस्तो दाबी



काठमाडौं- छोटो समयमै विश्वब्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरसबारेमा अन्तराष्ट्रिय स्तरमा विभिन्न किसिमका चर्चा सुरू भएका छन् ।

चीनको वुहान शहरबाट फैलिएको यो भाइरसका कारण विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको घोषणा गरिसकेको छ ।

यो भाइरस पत्ता लागेको केहि हप्तामा चीनमा मात्र करिव ३ सय भन्दा बढीको ज्यान लिइसकेको छ भने हजारौं संक्रमित भेटीएका छन् ।

केहि हप्तामै विश्वभर आतंक मच्चाएको यो भाइरस ठुला ठुला शक्ति राष्ट्रको पनि टाउको दुखाई बनेको छ ।

विश्वभर भयाबह अवस्था आउने लाग्दा अन्तराष्ट्र्रियस्तरकै केही विज्ञहरूले यसलाई जैविक हतियार हुनसक्ने आशंका गरेका छन् ।

विज्ञहरूका अनुसार नोबेल कोरोना भाइरस चीनको ‘सेक्रेट वायोलोजिकल विपन’ (गोप्य जैविक) हतियारको एक हिस्सा हुनसक्ने पनि चर्चा चल्न थालेको छ ।

केहि विज्ञहरूले भने यो भाइरस चीनको प्रयोगशालामा विकास गरिएको “वायोलोजिकल विपन” हुनसक्ने समेत आशंका गरेका छन् ।

चीनको पी फोर प्रयोगशालामा विकास गरिएको आशंका गरिएको यो भाइरस केहि चिनियाँ वैज्ञानिकहरुको लापर्वाहीका कारण बाहिर आएर क्षति पुर्‍याएको अनुमान ती विज्ञहरुको छ ।

इजरायलका एक वायोलोजिकल हतियार तथा युद्ध मामिलाका विज्ञले चीनले यस किसिमको हतियार बनाएको हुनसक्ने दावी गरेका छन्। तर प्रयोगशालामा असावधानीका कारण चीनको आफ्नै नागरिकमा फैलिएको आशंका पनि ती इजरायली विज्ञले गरेका छन्।

कोरोना फैलिएपछि चीनका उपराष्ट्रपति चुपचाप वुहान शहरको भ्रमणमा जानु र त्यसलाई लो प्रोफाइलमा राखिनुले पनि यस आशंकालाई बल मिलेको केहि अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

कोरोना फैलिएपछि वुहान शहर लगायत चीनका धेरै शहरमा यात्रामा प्रतिवन्ध लगाइएको छ भने विभिन्न देशहरूले आफ्नो सावधानी अपनाउन थालेका छन् । चीनमा रहेका विभिन्न देशका नागरिकको पनि उद्दार भैरहेको छ

यसअघि चीनले विश्व स्वास्थ्य संगठनलाई सम्पूर्ण सूचनाहरु नदिएको आरोप लागेको थियो। चीनले यसपटक भने आफूले सम्पूर्ण सूचना विश्व स्वास्थ्य संगठनसँग साझा गर्ने तथा कुनै पनि सूचना नलुकाउने प्रतिबद्धता जनाएको छ। तर स्थित भनेजस्तो नभएको भन्दै केहिले सो प्रतिबद्धतामाथि समेत आशंका गरेका छन्।

संसारभर कोरोना भाइरसको बारेमा अनुसन्धान भैरहेको छ भने चीनले आफूले यसबिरुद्ध लड्ने स्प्रे बनाएको र यसको परिक्षण भैरहेको जनाएको छ भने अष्ट्रेलियामा यसका विरुद्ध लड्ने एण्टी भाइरस बनाउने कुरामा केहि सफलता मिलेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन्।