कोरोना भाइरसले चीनमा आतंक: महामारीको रुप लियो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कोरोना भाइरसले चीनमा आतंक: महामारीको रुप लियो



काठमाडौं- कोरोना भाइरसले चीनमा आतंक मच्चाएको छ ।

रहस्यमयी भाइरसको महामारी नै फैलिएको छ। नयाँ कोरोना भाइरसका कारण थप १ स ३९ व्यक्ति बिरामी परेको जनाइएको छ।

सुरुमा चीनको वुहान शहरमा देखिएको भाइरस यतिबेला चीनभर फैलन थालेको बीबीसीले जनाएको छ।

यस भाइरसबाट संक्रमितको संख्या चीनमा दुई सयभन्दा बढी पुगेको छ। भाइरसका कारण ३ जनाको मृत्यु भएको छ।

यस भाइरसले स्वास प्रस्वासमा असर पर्ने जनाइएको छ। डिसेम्बरदेखि कोरोना भाइरस फैलन थालेको हो।

यस भाइरस दक्षिण कोरिया, थाइल्यान्ड र जापानमा पनि देखिएपछि चीनबाट आउने यात्रुको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको छ।

चीनले दुई सयको हाराहारीमा बिरामी देखिएको बताए पनि वेलायती चिकित्सकहरुले त्यहाँ १७ सयभन्दा बढी बिरामी कोरोना भाइरसका कारण संक्रमित भएको अनुमान गरेको छ।

कोरोना भाइरसका कारण मानिसको स्वास प्रस्वासमा समस्या हुने, ज्वरो आउने, कफ आउने लगायतका समस्या देखिने बताइएको छ।

चिनियाँ चिकित्सकहरुले यस भाइरस रोकथाम गर्न सकिने भनेता पनि यसको प्रकोप फैलँदै गएपछि मानिसहरु त्रसित बनेका छन्।

वुहानमा सि फुडको सेवनका कारण यस भाइरस फैलिएको अनुमान गरिएको छ। विश्व स्वास्थ्य संगठनले जनावरसँग नजिक नहुन, मासु तथा अन्डाजन्य पदार्थ राम्रोसँग पकाएर खान सुझाव दिएको छ।