कोरियाको धर्तिमा रोमल्लिएका नेपाली स्रस्टा - Himal Post Himal Post
  • २६ पुष २०८२, शनिबार
  •      Sat Jan 10 2026
Logo

कोरियाको धर्तिमा रोमल्लिएका नेपाली स्रस्टा



रजिस्मा केसी ,नयाँ दिल्ली

“मान्छेलाई परिस्थिति ले जे पनि बनाउछ र जता पनि लैजान्छ ” कोरिया मा कार्यरत पत्रकार तथा गजलकार टिका सुबेदीले पोखेको दुखेसो हो यो !  राम्रो काम र दामको लालसामा दक्षिण कोरिया भाषिएका नेपाली सपना हरु ले केबल दाम कमाए परिवार को लागि तर मनका रहर र मनका सपना हरु मनमै मारे त्यो पनि परिवार र समाजकै लागि ।

समाज ले ५०० रुपैया गोजीमा राखेर भारत का महानगर हरुमा नियात्राका पाईला चाल्न बाध्य बनाएका क्षणहरु पनि सुनाउछन नेपाली नागरिक हरु ५०० को प्रसंग भारतको हो तर दक्षिण कोरिया मा भाषिने नेपाली हरुको सपना भने “आधा सन्चो र आधा बिसन्चो ” को रहेको छ । घरपरिवार, माया प्रेम र लाग्दो बैस अनि जाग्दो रहर रहरमै सिमित छन कोरियामा । यसैको जिउदो जाग्दो र रहर लाग्दो अबस्थामा प्रदेश मा चलाएमान र गुन्गुजाएमान छन पुर्बि नेपाल का राजु नेपाल।

ताप्लेजुड्गका राजु नेपाल लाई परिस्थिति ले झापामा पुर्यायो तर परिवार को रहरको लागि आफ्नो रहर रहरमै मारे । आफ्नो चलाएमान गला र गला बाट निस्किएको “गड गिफ्ट “कलालाई उनले प्रवास बाट युट्युब मार्फत सार्वजनिक गरेका छन “म तिम्रो शहर छोडी टाढा जांदैछु ” बोलको प्रदिप राज पाण्डेको स्वर रहेको गितबाट । गाएक प्रदिप ले यो गितबाट के पाए र के गुमाए यो समयले नै बताएको थियो ठिक त्यसै नै नबोदित कलाकार राजु नेपाल ले गाएको युटुयुब गितलाई पनि समयले मूल्यांकन गर्ने छ तर नेपाली संगीत ईण्डस्ट्रीमा जम्ने रहर सहित कोरिया पुगेका राजु नेपाल लाई “मायाको शहर छोडी जान बाध्य दाम र मामले बनाएपनि उनको साड्गितिक यात्रा उज्ज्वल छ ।

नबोदित गायक नेपालले नेपालमा छोडेर गएका साड्गितिक कोसेलीका पोका खोल्न नेपाली साड्गितिक पारखी प्रतिक्षामा छन ।