चैत ८ देखि कोरियन भाषा परीक्षाको आवेदन, बुझाउने तरिका यस्तो - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

चैत ८ देखि कोरियन भाषा परीक्षाको आवेदन, बुझाउने तरिका यस्तो



कोरियन भाषा परीक्षा (इपिएस)को लागि चैत ८ देखि आवेदन दर्ता हुने भएको छ। १७ गतेसम्म आवेदन दर्ता हुने इपिएस कोरिया शाखाले जनाएको छ।

कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो। २०७५ जेठ २६ र २७ गते दुई–दुई सिफ्टमा परीक्षा हुने इपिएस कोरिया शाखाले जनाएको छ। लिखित परीक्षा १ सय पूर्णाङ्कको र सुनाई १ सय पूर्णाङ्कको हुने छ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने बताइएको छ।  काठमाडौं र पोरखाबाट परीक्षा हुनेछ। दरखास्त दिँदा नै आवेदकले परीक्षा दिने दुईमध्ये एक शहर रोज्नुपर्नेछ।

आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ।

फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्कयान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ। आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्वर उल्लेख गर्नुपर्नेछ। फारममा तीन महिनायताको फोटो अपलोड गर्नुपर्नेछ।

कुल ७ हजार १ सय जनाले यसपटक मौका पाउने अनुमान छ। जसमा उत्पादनमूलकतर्फ ४ हजार ८ सय र कृषि तथा पशुपालनतर्फ २ हजार ३ सय तोकिएको छ।

१८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिनेहरु फौजदारी अभियोगमा नपरेको, गैह्र कानूनी रुपमा कोरिया बसी फिर्ता पठाएको हुन नहुने, सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने छ।