घट्यो कोरिया जाने कामदारको लागत ! - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

घट्यो कोरिया जाने कामदारको लागत !



काठमाडौँ –रोजगार अनुमति प्रणाली मार्फत रोजगारीका लागि लक्षिण कोरिया जाने नेपालीले तिर्ने हवाई टिकटको रकम २३ प्रतिशत घटेको छ । कोरिया जानका लागि यसअघि ५३० अमेरिकी डलर तिर्दै आएकोमा अब ४११ डलर तिर्नु पर्नेछ ।

सन् २००८ मा इपिएस प्रणाली लागु हुँदा ५४१ अमेरिकी डलर तिर्दै आएकोमा दुई वर्ष पहिलेदेखि ५३०.७५ डलर अथवा ५८ हजार २ सय ७२ रुपैयाँ बुझाउनु पर्ने भएको थियो ।

आइतबार हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि अबदेखि प्रत्येक कामदारले ४११ डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ बुझाउनु पर्नेछ । यो सँगै अब कोरिया जाने कामदारले तिर्ने हवाई भाडा १२ हजार ९ सय ८० रुपैयाँ घटेको छ ।

इपिएस मार्फत वार्षिक ८ सय जना इपिएस मार्फत कोरिया जाने गरेका छन् । यसरी कोरिया जाने कामदारले तिर्ने हवाई भाडामा वार्षिक १० करोड रुपैयाँ बचत हुने देखिन्छ ।