कोरोनाकै कारण कोरियाका राष्ट्रपति विरुद्ध महाअभियोगको तयारी - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कोरोनाकै कारण कोरियाका राष्ट्रपति विरुद्ध महाअभियोगको तयारी



एजेन्सी- दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनविरुद्ध महाअभियोग लगाउन चार लाख हस्ताक्षर संकलन गरिएको छ।

कोभिड–१९ (कोरोना) को संक्रमणबाट जनतालाई बचाउन असफल भएको भन्दै त्यहाँका नागरिकले हस्ताक्षर गरेका हुन्।

कोभिड–१९ को संक्रमण रोक्न सरकार असफल भएको भन्दै महाअभियोग लगाउन माग गरेर एउटा वेबसाईट मार्फत् हस्ताक्षर संकलन गरिएको थियो।

उक्त वेबसाईटमा गएर सहभागिता जनाउनेहरुले सरकारले चीनबाट आउने यात्रुलाई सहजै दक्षिण कोरिया प्रवेश दिइएको भन्दै सरकारको आलोचना गरेका छन्।

त्यहाँका नागरिकले भनेका छन्, ‘आफ्नै देशमा मास्कको कमी भइरहेका बेला राष्ट्रपतिले ३० लाख मास्क चीन पठाईदिएका छन् र मास्कको कालोबजारी रोक्न कुनै पनि पहल गरेका छैनन्।’

त्यहाँका नागरिकहरुले अरु सबै देशले चिनियाँ तथा चीन घुमेका व्यक्तिलाई आफ्नो देशमा प्रवेश गर्न नदिएको तर दक्षिण कोरियाले निर्वाध प्रवेश दिएको भन्दै आपत्ति जनाएका छन्।

कतिपयले हुबेई प्रान्तका यात्रुलाई रोक लगाउनु र अन्य चिनियाँलाई प्रवेश दिनु भनेको कोरोना भित्र्याउनु भएको भन्दै थुप्रै हुबेईबासीहरु अन्य प्रान्तमा रहेको र उनीहरु दक्षिण कोरिया प्रवेश गर्न सक्ने कुरालाई सरकारले नजरअन्दाज गरेको आरोप लगाएका छन्।