सँगै खेल्दैछन् दक्षिण र उत्तर कोरिया - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सँगै खेल्दैछन् दक्षिण र उत्तर कोरिया



एजेन्सी । दक्षिण कोरिया र उत्तर कोरियाले पहिलो पटक इन्डोनेसियामा आयोजना हुन लागेको एसियन गेम्स संयुक्त रुपमा खेल्ने भएका छन् । दुई कोरियाले एसियन गेम्समा तीन खेल संयुक्त रुपमा खेल्न लागेका हुन् । दुई कोरियाले क्यानोइङ, रोइङ र महिला बास्केटबल संयुक्त रुपमा खेल्न लागेको हिन्दूस्तान टाइमले आयोजकलाई उद्धृत गर्दै लेखेको छ ।

जकार्ताको बैठकपछि आयोजक कमिटीका उपाध्यक्ष सजाफरी स्जमोसोद्दीनले सञ्चारकर्मीसँग भने, ‘हामी अरु खेललाई भने जोड्न सक्दैनौंं । तालिकामा आधारित भएर काम गनुपर्ने भएकाले अरु खेल संयुक्त हुँदैनन् ।’ उत्तर र दक्षिण कोरियाले उद्घाटन र समापन कार्यक्रममा मार्चपास पनि संयुक्त रुपमै गर्ने आयोजकले बताएको छ ।

एसियन गेम्स इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्बैङको सुमात्रा द्वीपमा अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म चल्नेछ । एसियन गेम्सका केही खेल संयुक्त रुपमा खेल्न दक्षिण र उत्तर कोरियाबीच हस्ताक्षर भएको छ । यसलाई दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई कम गर्नुे संकेतका रुपमा लिइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच गएको अप्रिलमा भएको एतिहासिक सम्मेलनका दौरान अन्तर्रा्ष्ट्रिय खेल संयुक्त रुपमा खेल्ने घोषणा गरिएको थियो ।