पूर्वरानी कोलम शाहको स्वास्थ्य झन् बिग्रियो: आइसियुमा उपचार हुँदै
काठमाडौं – पूर्व रानी कोमलको स्वास्थ्य अवस्था गम्भीर भएको बताइएको छ । कोरोना भाइरस संक्रमण भएर नर्भिक अस्पतालमा उपचाररत कोमलको अहिले आइसियुमा उपचार भैरहेको जनाइएको छ ।
उनलाई बुधबार मात्र आइसियुमा सारिएको अस्पतालले जनाएको छ । संक्रमण भएपछि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल पूर्वअधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार भैरहेको जनाइएको छ । छोरी प्रेरणाको अवस्था पनि सन्तोषजनक रहेको बताइएको छ ।
बुधबार बेलुका कोलम शाहलाई आईसियूमा राखेर निरन्तर निगरानीमा राखिएको अस्पतालस्रोतले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते नर्भिकमा भर्ना भएका थिए।