गाँजा खान पाउनुपर्ने कोमल वलीको माग - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

गाँजा खान पाउनुपर्ने कोमल वलीको माग



काठमाडौं : राष्ट्रियसभा सदस्य कोमल वलीले पशुपति क्षेत्रमा गाँजालाई खुला गरिनु पर्ने बताएकी छन्। बिहीबारको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै वलीले पशुपति क्षेत्रमा गाँजा प्रतिबन्द लगाएको प्रति चासो राखेकी हुन्।

‘विश्व अन्य देशमा पनि गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ?’ उनले प्रश्न गर्दै भनिन, ‘पशुपति क्षेत्रमा गाँजा रोक लगाउनु हुन्न।’पशुपति क्षेत्र विकास कोषले पशुपतिलाई दुर्व्यसनरहित क्षेत्र बनाउने उद्देश्यले गाँजा प्रतिबन्द गरेको छ। प्रतिबन्धसँगै शिवरात्रि लगायतका पर्वमा गाँजा सेवन गर्न नपाइने भएको छ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र गाँजा चरेस प्रतिबन्द गरिएको बताए। ‘पशुपति क्षेत्रमा गाँजा चरेस खान पाइदैन,’ उनले भने,‘ गाँजा चरेसले युवामा नकारात्मक दिसामा लगेको छ। उनले शिवलाई गाँजा, भाङ धतुरो नै चाहिन्छ भन्ने कुरा गलत व्यवस्था गरिएको बताए।

पशुपति क्षेत्रको वन क्रिडास्थल बनेको भन्दै सांसदले चासो प्रकट गरेका थिए। वनमा युवायुवतीको डेटिङ स्पट र दुव्यर्सनीको अखडा बनेको उनीहरुले बताए।

सदस्य सचिव डा. ढकालले पहिले र अहिलेको परिस्थिति फरक रहेको बताए। उनले वन क्षेत्रमा दिनहुँ २ पटक गस्ती टोली पठाउने गरेको जानकारी दिए।

शिवरात्रीमा नागबाबाका कारण परिवारका साथ पशुपतिको दर्शन गर्न जाने अठ्यारो हुने संसदको गुनासो छ। समितिकी सभापति दिलकुमारी रावलले नै नागाबाबाको व्यवस्थामा गर्न आग्रह गरिन्।

सदस्य सचिव डा. ढकालले परापूर्वदेखि पशुपतिमा नागाबाबा आउने गरेको बताउँदै यसलाई व्यवस्थापन गर्न अहिले सम्भव नरहेको प्रतिक्रिया दिए। ‘कसैले यसलाई अश्लिलताको रुपमा लिन्छ त कसैले आध्यामिक रुपमा लिन्छ,’ उनले भने, यो सदियौं देखिको चलन हो, हामी यसलाई रोक्न सक्दैनौं।