आफ्नो रूपको तारिफ आफैंले गर्ने अवस्थामा पुगिन् कोमल वली - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

आफ्नो रूपको तारिफ आफैंले गर्ने अवस्थामा पुगिन् कोमल वली



काठमाडौं- प्राय मानिसहरू आफ्नो तारिफ आफैले गर्दैनन् । आफ्नो अनुहार हेरेर दङ्ग परेपनि सार्वजनिक कार्यक्रममा भने आफ्नै वर्णन गर्दैनन् । तर, राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीले भने आफ्नो सुन्दरताको तारिफ आफैंले गरेकी छन् ।

शनिबार काठमाडौंको जमलमा आयोजित एक कार्यक्रममा अतिथि बनेर पुगेकी वलीले आफ्नो तारिफ फरेर थाकिनन । कार्यक्रममा वलीले आफ्नो रूपको बारेमा वर्णन गरिन र सुन्दरताको तारिफ आफैंले गरिन् ।

सिल्क फेसनले आयोजना गरेको सातौं वार्षिकोत्सवमा कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा वलीले आफु सिल्क फेसनसँग पहिले देखिनै जोडिएको बताइन् ।

‘म शुरुदेखि नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका कस्ट्युम फिट र राम्रा छन्’, कोमलले भनिन् ‘यहाँको फेसमा मैले आफुले आफुलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह कोमल वली तिमी कति राम्री छौ भन्छु ।’

आफैंले आफैंलाई प्रेम गर्न सकिएन भने अरुलाई पनि दिन नसकिने बताएकी वलीले आँखाहरूलाई ईर्ष्यालु नबनाउन आफैंलाई हेरेर दंग पर्नुपर्ने धारणा राखेकी थिइन् । नेपाली डिजाइनका कस्ट्युमहरु विकसित देशमा महिला तथा पुरुषहरुले समेत लगाउन थालेको वलीको भनाई रहेको थियो ।

कार्यक्रममा सिल्क फेसनकी सञ्चालक श्रृजना पोखरेलले विगत सात वर्षदेखि सेलिब्रेटी तथा सर्वासाधारणको रोजाइमा सिल्क फेसन पर्न सफल भएको बताइन् । गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गर्दै डिजाइन र गुणस्तरको समेत तारिफ गरिन् ।

कार्यक्रममा कलाकार हरिवंश आचार्यकी पत्नी रमिला आचार्य, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यावसायी सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायी शैलजा अधिकार, गायिका सहिमा श्रेष्ठ तथा मोडल खुम्बु खड्काको समेत उपस्थिति रहेको थियो ।