महाधिवेशनको मुखमा शशांक सडकमार्गबाट मुम्बई हिँडे - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

महाधिवेशनको मुखमा शशांक सडकमार्गबाट मुम्बई हिँडे



काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । शनिबार बिहान ८ बजे दिनका लागि महामन्त्री कोइरालाको टोली​ भारत भ्रमणमा निस्किएको हो ।

बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई जाने छ ।

महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि भारत गएका हुन् । तिवारीका अनुसार मुम्बईमा उपचाररत काँग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला भारत जान लागेका बताए ।

१४ औं महाधिवेशन संघारमा काँग्रेस नेताहरुको भारत भ्रमण बाक्लिएको छ । असोजको तेस्रो साता भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सहमहामन्त्री प्रकाशशरण महतको टोली पाँच दिने भारत भ्रमणको गरेर फर्किएको थियो ।

काँग्रेस स्रोतका अनुसार महामन्त्री कोइराला पनि भाजपाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएको बुझिएको छ । कोइरालाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । महामन्त्री कोइराला सोमबार नेपाल फर्कनेछन् ।