वरीयतामा तल झारेपछि केन्द्रीय समितिको बैठकमै गएनन् शेखर कोइराला
काठमाडौं- वरीयता क्रममा २० औँ नम्बरमा राखिएपछि नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा कोइराला अनुपस्थित भएका हुन् । कोइराला पहिलो बैठक छोडेर चितवन गएको कोइराला स्रोतले जनाएको छ ।
काँग्रेस विधानअनुसार सभापति पदको निकटतम प्रतिस्पर्धी रहेका कारण उनी स्वतः केन्द्रीय सदस्य हुन्छन् । वरियता विवादले शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको बुझिएको छ ।
कोइरालालाई २० औं वरियतामा राखिएको छ । सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई सभापति शेरबहादुर देउवाले २० औं वरियतामा राखिएका हुन्।