कोहलीले किन भने आफैलाई यस्तो ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

कोहलीले किन भने आफैलाई यस्तो ?



भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफूलाई इंल्याण्डविरूद्ध  प्रमाणित गर्न आवश्यक नरहेको बताएका छन्।

इंग्ल्यान्डविरुद्धको ५ टेष्ट सिरिज खेल्न लण्डन पुगेका कप्तान कोहलीले पहिलो टेष्टको अघिल्लो दिन आफूलाई प्रमाणित गर्न आवश्यक नरहेको बताएका हुन्।

कोहलीले कुनै पनि राष्ट्रविरुद्ध प्रमाणित गर्नुपर्ने कुरा दिमागमा आफूले दिमागमा नराख्ने र टोलीको लागि प्रदर्शन गर्ने बताए।

यस्तै कप्तान कोहलीले आफुले इंग्ल्यान्डविरुद्धको पहिलो खेल जित्दै अग्रता बनाउन चाहेको बताए।

‘म टोलीका लागि रन जोड्न चाहन्छु र भारतलाई अग्रता दिलाउन चाहन्छु। मेरो मनसाय त्यहीँ हो,’ टेष्ट क्रिकेटको ब्याटिङतर्फ दोस्रो वरियतामा रहेका २९ वर्षीय कोहलीले भने।

भारतले घरेलु टोलीविरुद्ध आजदेखि पाँच खेलको टेष्ट सिरिज खेल्दैछ। भारतले सन् २००७ पछि इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिज जित्न सकेको छैन ।

भारतविरुद्धको यो टेष्ट इंग्ल्यान्डको लागि पनि महत्वपूर्ण रहेको छ । यो टेष्ट इंग्ल्यान्डको एक हजारौं टेष्ट खेल हुनेछ ।