कोहलीले तोडे सचिनको कीर्तिमान - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

कोहलीले तोडे सचिनको कीर्तिमान



नयाँ दिल्ली- भारतीय कप्तान विराट कोहलीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को विश्व कीर्तिमान बनाएका छन्। यसपटक उनले सचिन तेन्दुलकरले १७ वर्षअघि बनाएको कीर्तिमान तोडेका हुन्।

वेस्ट इन्डिजविरुद्ध जारी एकदिवशीय खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा अहिले ब्याटिङ गरिरहेका कोहलीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गरेका छन्।

उनी सबैभन्दा कम पाली खेल्दै १० हजार रन पुरा गर्ने खेलाडि बनेका हुन्। कोहलीले दुई सय ५ पालीमा यो सफलता हात पारेका हुन्। यसअघि यो कीर्तिमान सचिनको नाममा थियो। सचिनले सन् २००१ मा अस्ट्रेलियाविरुद्ध खेल्दै १० हजार रन पुरा गरेका थिए। उनले यो सफलता हात पार्न एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा दुई सय ५९ पाली खेल्नु परेको थियो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहली र सचिनबाहेक अन्य ११ जनाले १० हजार रन पुरा गरेका छन्।

यीमध्ये भारतका राहुल द्रविड,सौरभ गांगुली र महेन्द्रसिंह धोनी पनि छन्। कोहली अहिले ९० रनमा खेल्दैछन्। पहिले ब्याटिङ गरिरहेको भारतले ४० ओभरमा चार विकेट गुमाएर दुई सय २३ रन जोडेको छ। कोहलीले यसअघि पहिलो खेलमा ए एक सय ४० रन जोडेका थिए। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३६ सतक बनाईसकेका छन्।