पाकिस्तानविरूद्धको खेलमा कोहलीले बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

पाकिस्तानविरूद्धको खेलमा कोहलीले बनाए नयाँ किर्तिमान



भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय खेलमा अर्को रेकर्ड बनाएका छन्।

३० वर्षीय कोहलीले आइतबार आइसिसी क्रिकेट विश्वकपमा पाकिस्तानविरूद्ध ७१ रन बनाएर खेलिरहेका छन्। जससँगै उनले एकदिवसीय खेलमा ११ हजार रन पूरा गरेका छन्।

कोहली पाकिस्तानविरूद्धको खेलअघि ११ हजार रन पूरा गर्न ५७ रनले टाढा थिए। आइतबार पाकिस्तानविरूद्ध उत्कृष्ट ब्याटिङ गरेसँगै कोहली छिटो ११ हजार रन पूरा गर्ने खेलाडी बने।

उनले २ सय २२ इनिङमा ११ हजार रन पूरा गरेका हुन्। यसअघि यो रेकर्ड भारतकै सचिन तेन्दुलकरको नाममा थियो। उनले २ सय ७६ इनिङमा ११ हजार रन पूरा गरेका थिए।

कोहलीको नाममा कम इनिङमा ८ हजार, ९ हजार र १० हजार रन पूरा गर्ने रेकर्ड पनि छ।

कोहली ११ हजार पूरा गर्ने भारतका तेस्रा तथा विश्वका नवौं खेलाडी बने।

भारतका लागि यसअघि सचिन र सौरभ गांगुली ११ हजार रन बनाएका थिए।

एकदिवसीय खेलमा ११ हजार रन पूरा गर्ने खेलाडीहरू-

विराट कोहली (भारत) : २२२ इनिङ

सचिन तेन्दुलकर (भारत) : २७६ इनिङ

रिकी पोन्टिङ (अस्ट्रेलिया) : २८६ इनिङ

सौरभ गांगुली (भारत) : २८८ इनिङ

ज्याक कालिस (दक्षिण अफ्रिका) : २९३ इनिङ