कोहली र राहुल पनि आउट : सङ्कटमा भारतीय समूह - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कोहली र राहुल पनि आउट : सङ्कटमा भारतीय समूह



एजेन्सी । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।

म्यानचेस्टरमा न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको भारतले खराब सुरुवात गरेको छ र  भारत सङ्कटमा परेको छ ।

भारतले मात्र ५ रन जोड्दा ३ विकेट गुमाइसकेको छ । भारतले कप्तान विराट कोहली, रोहित शर्मा र लोकेश राहुललाई समान १/१ रनमा गुमाएको छ ।

यस अघि वर्षाले प्रभावित गरेपछि दुई दिन भएको सेमिफाइनलमा न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेले । टेलरले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विलियम्सनले ६७ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १/१ विकेट हात पारे ।

यसअघि मंगलबार भएको खेलमा न्युजिल्याण्डले ब्याटिङ गरिरहदा खेल वर्षाले स्थगित भएको थियो  । ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

दोस्रो दिन न्युजिल्याण्डले थप २८ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

दोश्रो ओभरमै राम्रो खेलाडी रोहित शर्मालाई आउट गरेपछि तेश्रो आभारनसकिँदै के. एल. राहुल र रोहित शर्मालाई आउट गरेको छ । यससँगै भारतीय खेलाडीको मनोबल गिरेको प्रस्ट देखिन्छ ।