विराट कोहलीलाई प्रशंसाको ओइरो : यस्तो छ कारण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विराट कोहलीलाई प्रशंसाको ओइरो : यस्तो छ कारण



बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार ओभल मैदानमा भएको खेलमा भारत विजयी भयो । भारतको जितमा शतकीय पारी खेलेका शिखर धवन र कप्तान विराट कोहलीको भूमिका महत्वपूर्ण रह्यो ।

भारतीय कप्तान कोहलीको यो खेलपछि राम्रो चर्चा भइरहेको छ । कारण उनले बनाएको ८२ रन या कुशल कप्तानी भन्दा पनि उनको खेल भावना रहेको छ ।

सामाजिक सञ्जालमा उनलाई राम्रो खेल भावनाका कारण धेरैले प्रशंसा गरिरहेका छन् । भारतीय पारीको क्रममा केही भारतीय दर्शकले फिल्डिङ्ग गरिरहेका अस्ट्रेलियाका स्टिभ स्मिथलाई गिज्याएका थिए ।

त्यसबेला कोहली क्रिजमा थिए । उनले यस्तो देखेपछि त्यहिँबाट इशारा गरेर स्टिभ स्मिथलाई ताली बजाएर सम्मान गर्न भने । प्रतियोगिता आयोजक आइसिसीले यो भिडियो ट्वीट गरेर विराट कोहलीको प्रशंसा गरेको छ । स्मिथले कोहलीलाई खेलकै क्रममा उनको खेल भावनाका लागि धन्यबाद दिएका थिए ।