बिराट कोहलीले आईपीएलमा नखेल्ने ! - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

बिराट कोहलीले आईपीएलमा नखेल्ने !



काठमाडौं। भारतीय क्रिकेट एवं रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहलीले ईण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जित्ने चाहान रहेको बताएका छन्। आईपीएल लगत्तै विश्वकप क्रिकेट भएको हुनाले खेलाडीहरु केही दवाबमा रहने उनको बुझाई रहेको छ।

प्रतियोगीता सकिएको १५ दिनमा विश्वकप शुरु हुन्छ र आफुलाई फिट राख्न २-४ खेलमा आराम गर्न सकिने कोहलीले भारतीय संचार मधयमलाई बताएका छन। विश्वकपका लगि आफुलाई तन्दरुष्त राख्न दुई-चार खेलमा आराम गर्न सकिन्छ । सायद सबैले यस्तै गर्न पर्छ ।

ठूलो प्रतियोगीताका लागि तयार रहनु पर्छ। कप्तानका रुपमा कोहली विश्वकप त्न चाहान्छन। भारत पछिल्लो प्रदर्शन हेर्दा विश्वकप उपाधिको प्रमुख दावेदार रहेको छ। हुनत: बैंगलोर पनि आईपीएलमा संधै प्रमुख दावेदार रहँदै आएको छ।

बैंगलोरले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन। ६ पटक सेमीफाईनल खेलिसकेको बैंगलोर हरेक संस्करणमा प्रमुख उपाधी दावेदार रहँदै आए पनि उपाधि जित्न सकेको छैन। कोहलीले उक्त कुरा स्विकार्दै भने दवाबको समयमा सही निर्णयहरु हुन नसक्दा उपाधि नजिक पुगे पनि पाउन सकिएको छैन्।

गैर भारतीय ठूला नाम भएका खैलाडीहरुमा धेरै भर पर्दा यस्तो भएको हो की ? भन्ने प्रश्नमा यस्तो होईन। सबै खेलाडीले टोलीमा उतिकै योगदान दिएका हुन्छन र सबैले मिहिनेत गर्छन तर कहिलेकाँही नतिजा आफ्नो पक्षमा पर्दैन।

टिमको ब्याटीङ कोहली र डिविलियर्सको वरपर घुम्ने कुराको नि उनले खण्डन गरेका छन्। हामी दुवै जना टिमका लागि खेल्छौं र टिमका लागि खेल्दा हामी दुईले धेरै खेलिएको बाहिरबाट देखिएको होला तर खासमा सबैले बराबर खेलिरहेका हुन्छन्।

उपाधिको कुरामा कोहलीले भने म सबै खेल जित्न चाहान्छु र सबै उपाधिहरु पनि तर कति कुरा संधै सोचेको जस्तो पाईदैन। म १२०% दिनेमा बिश्वास गर्छु नकी ७०-८०%! मैदानमा उभिएर समय कटाउने मेरो चाहाना नै हुन्न बरु नखेल्ने ।