लगातार हारेपछि कोहलीले गरे आफ्नो टोलीमा तीन परिवर्तन - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

लगातार हारेपछि कोहलीले गरे आफ्नो टोलीमा तीन परिवर्तन



एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेनजर्स बेंगलोरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि बेंगलोरले ब्याटिङको निम्तो पाएको हो । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । सौरभ तिवारीको स्थानमा ईशान किशनलाई मौका दिएको छ । बेंगलोरले टोलीमा तीन परिवर्तन गरेको छ ।

विकेटकिपर जोश पिलिपेको स्थानमा स्पिनर एडम जाम्पालाई मौका दिएको छ । त्यस्तै डेल स्टेनको स्थानमा अलराउन्डर इसुरु उडनालाई मैदान उतारेको छ । उमेश यादवको स्थानमा गुरक्रित सिंह मानलाई मौका दिएको छ ।

दुवै टोली दोस्रो जितको खोजिमा हुने छन् । पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो ।

यता मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा मुम्बईले कोलकाता नाइट राइडर्समाथि ४९ रनको जित निकालेको थियो । यी दुई टोलीबीच आइपिएलमा कुल २७ खेल भएको छन् । जसमा मुम्बई १८ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ ।

बेंगलोरको प्लेइङ ११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, एडम जाम्पा, शिवम दुबे, वासिन्टन सुन्दर, गुरक्रित सिंहमान, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल ।

मुम्बईको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।