कोहली र डी भिलियर्सको चम्किए : २०६ रनको लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोहली र डी भिलियर्सको चम्किए : २०६ रनको लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा घरेलु टोली रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि २०६ रनको लक्ष्य दिएको छ ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २०५ रन बनायो ।

बैंगलोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८४ तथा डी भिलियर्सले ६३ रनको योगदान दिए ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । घरेलु मैदानमा बैंगलोर पहिलो जितको खोजीमा हुनेछ । बैंगलोर कोलकत्ताविरुद्ध जित निकाल्दै पहिलो अंक जोड्न चाहन्छ । अघिल्ला चार खेल गुमाएको बैंगलोर लिगको पुछारमा रहेको छ ।

यता, कोलकत्ता तेस्रो जितको खोजीमा रहनेछ । अघिल्ला ३ खेलमा कोलकत्ताले २ जित र १ हार व्यहोरेको छ । कोलकत्ता ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।