रोहित शर्मा बने उपकप्तान : यस्तो छ घोषणा - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

रोहित शर्मा बने उपकप्तान : यस्तो छ घोषणा



एजेन्सी– अनेक अनुमानकाबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार वेष्ट इण्डिज भ्रमणका लागि विराट कोहलीको कप्तानीमा भारतीय किक्रेट टोलीको घोषणा गरेको छ।
हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न भएको १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारत सेमिफाइनलबाटै बाहिरिएपछि विराट कोहलीको कप्तानीमाथि प्रश्न उठाइएको थियो।

भारतमा विराट कोहलीको कप्तानी खोसेर रोहित शर्मालाई कप्तान बनाउनु पर्ने बहस चलेको थियो।
यद्यपि आइतबार घोषणा भएको टोलीमा विराट कोहलीलाई कप्तान र रोहित शर्मालाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

पूर्व कप्तान महन्द्रसिंह धोनीलाई टोलीमा समावेश गरिएको छैन भने जसप्रित बुमराहलाई टेष्ट सिरिजमा टोलीमा समावेश गरिएपनि एक दिवसीय र टी–२० बाट आराम दिइएको छ।
ऋषभ पन्तलाई सबै फर्म्याटकाे क्रिकेटमा विकेट किपरको जिम्मेवारी दिइएको छ।
यस्तै हालै सम्पन्न १२ औँ एक दिवसीय विश्वकपको टोलीमा रहेका दिनेश कार्तिक र हार्दिक पाण्ड्या टोलीमा समावेश छैनन्।

भारतले वेष्ट इण्डिज भ्रमणका क्रममा वेष्ट इण्डिजसँग तीन टी–२०, तीन एक दिवसीय र दुई टेष्ट खेल खेल्ने छ।

टी–२० सिरिज अगामी अगस्ट ३, ४ र ६ मा हुनेछ। यस्तै एक दिवसीय सिरिज अगस्ट ८, ११ र १४ मा हुनेछ भने टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्ट अगस्ट २२ देखि २६ सम्म र दोस्रो टेस्ट अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म हुनेछ।

बीसीसीआईले घोषणा गरेको टेष्ट टोलीमा मयंक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्या रहाणे, हनुमा विहारी, रोहित शर्मा, ऋषभ पन्त, ऋद्धिमान साह, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, इशान्त शर्मा, मोहम्मद शमी, जसप्रित बुमराह र उमेश यादव छन्।

यस्तै एक दिवसीय टोलीमा विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पन्त, रविन्द्र जडेजा, कुलदीप यादव, युवेन्द्र चहल, केदार जाधव, मोहम्मद शमी, भुवनेश्वर कुमार, खलिल अहमद र नवदीप सैनी रहेका छन्।

यसैगरी टी–२० टोलीमा विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पन्त, क्रुणाल पाण्ड्या, रविन्द्र जडेजा, वाशिंगटन सुन्दर, राहुल चहर, भुवनेश्वर कुमार, खलील अहमद, दीपक चाहर र नवदीप सैनी छन्।