कोहलीले भने : मैले यस्तो देखेकै थिएन - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

कोहलीले भने : मैले यस्तो देखेकै थिएन



काठमाडौं -बुधबार भएको आइसिसी विश्वकप क्रिकेट-२०१९ मा भारत आफ्नो पहिले खेलमा ६ विकेटले विजयी भयो। २२८ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ४ विकेट गुमाउँदै हासिल गर्‍यो।

म्याचपछि बोल्दै भारतीय कप्तान विराट कोहलीले तीब्र गतिका बलर जसप्रीत बुमराहको खुलेर तारिफ बटुले।

‘जसप्रीतले एक अलग स्तरको खेल देखाइरहेको छ। ब्याट्स्म्यानहरू सँधै गसको अगाडी दबाब महसुस गर्छन्। बुमराहले यस्तो तीब्र गतिमा बल हान्छन् की डि कको क्याचपछि मेरो हात १५ मिनेटसम्म झन्झनाइरह्‍यो’, कोहलीले भने।

यसगरी अमलालाई आउट गरेकोमा पनि उनले बुमराहको प्रशंसा गरे।

‘बुमराहले जसरी अमलालाई आउट गर्‍यो त्यो उत्कृष्ट थियो। मैले अमलालाई यसरी स्लिपमा क्याच गरेर आउट भएको देखेको थिइन’, कोहलीले भने। एजेन्सी