के विराट कोहली किङ्स इलेभेन पंजाब जान लागेका हुन् ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

के विराट कोहली किङ्स इलेभेन पंजाब जान लागेका हुन् ?



एजेन्सी -जारी आईपिएलमा प्लेअफका लागि कठिन समिकरणमा उभिएका विराट कोहलीलाई उनको टोली रोयल च्यालेन्जर्स बेङ्लोरको प्रदर्शनका लागि यस पटक गतिलो आलोचना मिलिरहेको छ।

टोलीको खराब प्रदर्शनबाट निराश कोहलीका फ्यानहरूले पछिल्लो समय उनलाई सामाजिक संजालमा मज्जाले उडाइरहेका छन्। गत हप्ता पनि एक पेयपदार्थको विज्ञापनको फोटो सार्वजनिक गरेपछि उनलाई फ्यानहरूले व्यग्य कसेका थिए।

फेरि कोहलीलाई यस्तै भएको छ। इन्स्टाग्राममा पंजाबी पोशाक लागएको एक तस्विर सार्वजनिक गरेपछि फ्यानहरूले उनलाई व्यग्य गर्दै उडाएका छन्।

तस्विरमा कोहलीले पठानी शुट र गुलाबी रंगको पगरी लगाएका छन्। तस्विरले २४ घण्टामा एकातर्फ २४ लाख बढि लाइक पाएको छ बने अर्कोतर्फ टि-२० मा म्याच हारेकोमा व्यग्यांत्मक प्रतिक्रिया पनि लेखिएका छन्।

‘आरसिबीले यति धेरै म्याच हारिसक्यो कि विराटले हास्न नै बिर्सिसक्यो’, एक फ्यानले लेखेका छन्।

त्यस्तै अर्का फ्यान लेख्छन्, ‘ जबसम्म जित्दैनौ तबसम्म पोस्ट नगर्नु।’

यसबाहेक उनलाई ट्वीटरमा थुप्रैले ‘तपाईं किङ्स इलेभेन पंजाब जान लागेको हो’, भनेर सोधेका छन्।