विराट कोहलीको अग्निपरिक्षा : आजको खेल निर्णायक - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

विराट कोहलीको अग्निपरिक्षा : आजको खेल निर्णायक



एजेन्सी- १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार राति विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर र रविन्द्रचन्दन आश्विनको किंग्स इलावेन पञ्जाबबीच खेल हुँदैछ । यो खेल आरसीबीको लागि विशेष रहनेछ ।

प्ले अफमा पुग्नका लागि सामान्यतया: १४ अंक हुनुपर्छ, तर त्यसमा नेट रनरेटले भने प्रभाव पार्छ । सबै १४ अंक पुर्‍याउनेले प्ले अफ खेल्न पाउने सम्भावना भने हुँदैन ।

आजको खेल विराटका लागि अग्निपरीक्षा हो । आजको खेल गुमेमा आरसीबीको प्लेअफ खेल्ने सपना एक वर्षका लागि टुंगिनेछ ।

विराटको आरसीबीले आजको खेलसहित ४ वटा म्याच खेल्नेछ । जसमा सबैमा जीत हासिल गरेमा उसको पनि १४ अंक हुनेछ । यस्तो अवस्थामा नेट रनरेट अगाडि देखिए प्लेअफमा पुग्ने सम्भावना अझै रहेको क्रिकेट पण्डितहरूले बताएका छन् ।

उता पञ्जाबको पनि प्ले अफ खेल्ने सम्भावना उत्तिकै छ । उसले १० खेलमा १० अंक बटुलेको छ । उसले पनि बाँकी रहेका खेलमा २ वटा मात्रै खेल जितेमा १४ अंक हुन्छ ।

पञ्जाबलाई पराजित गर्न आरसीबीलाई त्यति सहज भने हुने छैन । पञ्जाबमा क्रिस गेल र लोकेश राहुल निकै फर्ममा छन् ।

शीर्षस्थानमा रहेको चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गरेको आरसीबी आजको खेलमा जीत हात पार्न निकै उत्साहित छ । उसले शीर्षस्थानमा रहेको टीमलाई हराएर आफू लयमा फर्किएको बताएको छ ।

आजको खेल विराटको लागि महत्त्वपूर्ण यसकारण पनि छ कि आगामी विश्वकपमा भारतीय क्रिकेट टीम उनको कप्तानीमा मैदानमा उत्रनेछ ।

आरसीबीमा विराटका अलवा एबी डिविलियर्स, पार्थिव पटेल र मोइन अली जस्ता उत्कृष्ट ब्याट्सम्यान छन्, यसकै बलमा टीमले जीत हासिल गर्ने उसको लक्ष्य छ ।

खेल नेपाली समयअनुसार आज राति ८ बजेर १५ मिनेटमा हुँदैछ ।