मन्त्रीमण्डल विस्तार हुँदै: को बन्लान नयाँ मन्त्री ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मन्त्रीमण्डल विस्तार हुँदै: को बन्लान नयाँ मन्त्री ?



काठमाडौँ- नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले खाली रहेका मन्त्रालयमा छिट्टै मन्त्री चयन गरिने बताएका हुन् ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका थिए । ती ठाउँमा मन्त्रि नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको हो ।

को को बन्लान नयाँ मन्त्री ?

मन्त्रीमंडल विस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीले थालेपछि को को नयाँ मन्त्री बन्लान भन्ने चासो बढेको छ । यता बालुवाटारमा भने नयाँ मन्त्रीहरूको खाका तयार भैसकेको दाबी स्रोतले गरेको छ ।

विस्तार हुने मन्त्रिपरिषदमा सबैभन्दा ठुलो भाग भने भर्खरै प्रचण्डको साथ छाडेर ओली समुहमा गएका टोपबहादुर रायमाझीले पाउने आंकलन गरिएको छ । किनकि रायमाझीले बुधबार केहि समर्थक र पत्रकारहरूलाई आफू शक्तिशाली मन्त्रालयमा जान लागेको बताउंदै कार्यक्रममा आउन आग्रह गरेका थिए ।

त्यतिमात्र होइन रायमाझीले राम्रो मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीसँग लामो समयदेखि बार्गेनिङ गरेका थिए । मन्त्री पास पाउने कुरा मिलेपछि उनी ओली पक्षमा गएको स्रोतले दाबी समेत गरेको छ ।

त्यस्तै पूर्वमाओवादीकै मणि थापाले पनि एउटा मन्त्रालय पाउने गरी बालुवाटारमा सहमति गरेका छन्। उनले पनि हालै प्रचण्डको साथ् छाडेर ओली पक्षमा गएका छन् ।

त्यस्तै अर्को मन्त्रालय पाउने भाग्यमानि व्यक्ति हुन् महेश बस्नेत । बस्नेत ओलीका प्रियपात्र हुन् उनले ओलीका हरेक कदममा साथ् दिंदै आएका छन् ।

केहि मन्त्रीहरूको भने नाम खुलाइएको छैन । स्रोतका अनुसार प्रचण्ड-नेपालको पक्षमा पुगेका केहि नेताहरूलाई मन्त्री बनाउने भन्दै प्रलोभन बाँडिएको छ ।