'को बन्छ करोडपति’ सुरु, अभिताभको नेपालीमा शुभकामना - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

‘को बन्छ करोडपति’ सुरु, अभिताभको नेपालीमा शुभकामना



काठमाडौं : नेपाली टेलिभिजनहरूमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज भित्रने क्रम बढिरहेको छ। त्यस्तैमा अब भने नेपालमा अर्को चर्चित रियालिटी शो‘ को बन्छ करोडपति’ पनि थपिने पक्का भएको छ।

‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण ‘कौन बनेगा करोडपति’ नेपाली दर्शकमाँझ एकदमै लोकप्रिय मानिन्छ। हिन्दी संस्करणका सञ्चालक अभिताभ बच्चनले नेपाली संस्करणलाई शुभकामना दिएका छन्। उनले नेपाली भाषामा नै शुभकामना दिएका हुन्। उनले भिडियोमा बोलेका छन्,‘नमस्ते नेपाल। कस्तो हुनुहुन्छ, सन्चै हुनुहन्छ? म एकदम खुशी छु।

भारतमा रुचाइएको कार्यक्रम नेपालमा प्रसारणमा आउँदैछ। सबैलाई शुभकामना।’ ‘को बन्छ करोडपति’लाई राजेश हमालले संचालन गर्नेछन्।

राजेश हमाल फिचर्ड प्रोमो पनि बिहीबार नै सार्वजनिक गरिएको छ। ‘को बन्छ करोडपति’का लागि तयारी भइरहेको आयोजकले जनाएको छ। कार्यक्रम अर्को महिना एपि वान टेलिभिजनबाट प्रसारणमा आउनेछ।