राजस्थानलाई कडा लक्ष्य: आर्चरको उत्कृष्ट बलिङ - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

राजस्थानलाई कडा लक्ष्य: आर्चरको उत्कृष्ट बलिङ



काठमाडौं- जारी आइपिएलको १२ औँ खेलमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई जितका भिडिरहेका छन्।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ताले राजस्थानलाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए ।

इयान मोर्गनले अविजित रहदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाएर आउट भए ।

राजस्थानका जोफ्रा आर्चरले घातक बलिंग गर्दै २ विकेट लिए । यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक एक विकेट लिए ।

आज राजस्थान लगातार तेस्रो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको राजस्थान ४ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।

कोलकत्ता भने दोस्रो जितको खोजीमा रहेको छ। कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

कोलकत्ता २ खेलमा २ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।