कोलकत्ताले निकाल्यो अर्को जित: शाहरुखले बजाए सिट्टी - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कोलकत्ताले निकाल्यो अर्को जित: शाहरुखले बजाए सिट्टी



काठमाडौं- आइपिएलको १२ औँ खेलमा रहरलाग्दो खेल खेल्दै कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ताले दोश्रो जित निल्कालेको हो

दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै जोस बट्लरले २१ रन जोड्दा राहुल टेवाटियाले १४ रन बनाए ।

राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २/२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए ।

इयान मोर्गनले अविजित रहदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाएर आउट भए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक एक विकेट लिए ।

खेल हेर्न बलिवुडका स्टार शाहरुख खान परिवार सहित स्टेडियममा पुगेका थिए। कलकत्ताले जित निकाल्दा उनि खुसीले गदगद हुँदै सिट्टी बजाएका थिए।