आइपिएल : १ सय ८२ रनको लक्ष्य, वार्नरको उत्कृष्ट खेल - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आइपिएल : १ सय ८२ रनको लक्ष्य, वार्नरको उत्कृष्ट खेल



नयाँ दिल्ली- इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटको यो सिजन आफ्नो पहिलो खेलम सनराइजर्स हैदरावादले कोलकाता नाइटराइडर्सलाई एक सय ८२ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर एक सय ८१ रन जोड्यो।

सनराइजर्सको पालीमा ओपनर डेभिड वार्नरले ८५ रन बनाए। जोनी बेयर्स्टले ३८ र विजय शंकरले अविजित ४० रन बनाए। हैदरावादले पहिलो विकेटका लागि एक सय १८ रनको साझेदारी गरेको थियो १२ ओभर पाँच बलमा।

वार्नरले ५३ बलमा तीन छक्का र ९ चौका प्रहार गरे। उनलाई दोस्रो विकेटका रुपमा आन्द्रे रस्सेलले रोबिन उथ्थपाबाट क्याच आउट गराएका थिए।