कोलकत्ताले दियो राजस्थानलाई १७६ को लक्ष्य - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कोलकत्ताले दियो राजस्थानलाई १७६ को लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले राजस्थान रोयल्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।

इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो ।

कोलकत्ताका लागि दिनेश कार्तिकले अविजित रहदै ९७ रनको योगदान दिए ।

आज घरेलु टोली कोलकत्ता राजस्थानलाई हराएर प्ले अफ सम्भावना जीवित राख्ने लक्ष्यसहित मैदान उत्रने छ ।

छैटौं स्थानको कोलकत्ताले १० खेलबाट ८ अंक जोडेको छ । राजस्थानलाई हराउँन सके कोलकत्ताले शीर्ष चारमा रहेको टिमसंग अंक बराबरी गर्नेछ ।

आन्द्रे रसेल जस्ता खेलाडी रहेको कोलकत्ता राजस्थानलाई दोस्रो भेटमा हराउँन चाहन्छ । यस सिजनको  पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले हराएको थियो ।

यता,राजस्थान पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा मैदानमा उत्रने छ । लिगको पुछारमा रहेको राजस्थान २ अंक जोड्दै अंक तालिका सुधार गर्न चाहन्छ ।

राजस्थानले १० खेलबाट ६ अंक जोडेको छ ।