कोहलीको सानदार सतक, कोलकातालाई २१४ रनको लक्ष्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोहलीको सानदार सतक, कोलकातालाई २१४ रनको लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि २१४ रनको फराकिलो लक्ष्य दिएको छ ।

कोलकत्तास्थित इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २१३ रन बनायो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहदै १०० रनको शतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले ६६ रनको अर्धशतकीय इनिङस खेले ।

घरेलु मैदानमा कोलकत्ता सहज जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । कोलकत्ता ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । कोलकत्ता बैंगलोरलाई हराएर तेस्रो स्थानको क्लबविरुद्ध अंक बराबरी गर्न चाहन्छ ।

यसै सिजनको पहिलो भेटको जितले पनि कोलकत्ता आत्मविश्वासी रहने छ ।  बैंगलोरको मैदानमा भएको खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको थियो । कोलकत्ता उक्त जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।

यता बैंगलोर पहिलो भेटको हारको बदला लिने योजनासहित मैदान उत्रने छ । यस सिजन खराब लयबाट गुज्रिरहेको बैंगलोरलाई घरेलु टोलीविरुद्ध जित निकाल्न भने निकै कठिन हुनेछ ।

बैंगलोरले यस सिजन मात्र १ जित हात पारेको छ । लिगको पुछारमा रहेको बैंगलोरले ८ खेलबाट २ अंक जोडेको छ ।

दुईबीचको पछिल्लो पाँच खेलमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा कोलकत्ताले ५ खेलमा जित निकालेको छ ।