सन्दीप बिनाको दिल्लीले कोलकत्तालाई यसरी जित्यो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सन्दीप बिनाको दिल्लीले कोलकत्तालाई यसरी जित्यो



एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले लिगमा चौंथो जित निकालेको हो ।

इडेन गार्डेनमा कोलकत्ताले दिएको १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।दिल्लीको जितमा शिखर धवनले विस्फोटक ब्याटिङ गर्दै अविजित ९७ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । कोलकत्ताका लागि सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रन बनाए ।

यस्तै आन्द्रे रसेलले ४५ तथा रोविन उथप्पाले २८ रन जोडे । पियुस चावला १४ रनमा अविजित रहे ।  दिल्लीका क्रिस मोरिस, कागीसो राबडा र पाउल किमोले २/२ विकेट लिए ।

कोलकत्ताविरुद्ध भने दिल्लीले नेपालका स्पिनर सन्दीपलाई टोलीमा राखेको थिएन् ।

दिल्लीले ७ खेलमा ४ जितसहित ८ अंक जोडेको छ । दिल्ली लिगको चौंथो स्थानमा छ ।

दोस्रो स्थानको कोलकत्ताको ७ खेलबाट ८ अंक रहेको छ ।

दिल्लीले यस सिजन कोलकत्तालाई लगातार दोस्रो पटक हराएको छ । पहिलो भेटमा पनि दिल्लीले कोलकत्तालाई सुपर ओभरमा हराएको थियो ।