चेन्नई विजयी, कोलकता ५ विकेटले पराजित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चेन्नई विजयी, कोलकता ५ विकेटले पराजित



काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ ।

कोलकताको घरेलु मैदानमा भएको खेलमा सुरेश रैनाको अर्धशतकमा चेन्नईले जित हात पारेको हो । टस हारेर ब्याटिङ रोजेको कोलकताले चेन्नईलाई १६२ रनको लक्ष्य दिएको थियो । चेन्नईले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

चेन्नईको जितका लागि सुरेश रैनाले १ छक्का र ७ चौका प्रहार गर्दै अविजित ५८ रनको योगदान गरे । त्यसैगरी रविन्द्र जडेजाले अविजित ३१ रन जोडे भने फाफ डु पेल्सिसले २४, केदार जादवले २०, महेन्द्र सिंह ध्वनीले १६, शेन वाट्सनले ६ र अमवाती रायडुले ५ रन बनाए ।

कोलकताका लागि सुनिल नाराइने र पियुष चाउलाले समान दुई-दुई विकेट लिए भने ह्यारी गर्नीले एक विकेट लिएका थिए ।

यसअघि कोलकताका लागि क्रिश लीनले सर्वाधिक ८२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उनले ५१ बलमा ६ छक्का र ७ चौकाको मद्दतले ८२ रन बनाएका थिए । त्यसैगरी नितिश रानाले २१, दिनेश कार्तिकले १८, शुभमन गिलले १५, आन्द्रे रसेलले १०, पियुष चावलाले ४ र सुनिल नाराइने २ रन जोडेका थिए । कोलकताका रोविन उथप्पा र कुलदीप यादवले खाता खोल्न सकेनन् ।

चेन्नईका लागि इमरान ताहिरले सर्वाधिक चार विकेट लिए भने सार्दुल ठाकुरले दुई र मिट्चेल सान्टनेर एक विकेट लिए ।

आठ खेलमा ४ मा जित र ४ मा हार व्यहोर्दै कोलकत्ता ८ अंकसहित लिग तालिकाको दोस्रो नम्बरमा छ । त्यसैगरी समान आठमध्ये एक खेलमा मात्र पराजित भएको चेन्नई १४ अंकसहित लिग तालिकको शीर्षस्थानमा छ ।