कोलकत्ताद्वारा मुम्बईलाई २३३ को कडा लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोलकत्ताद्वारा मुम्बईलाई २३३ को कडा लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले मुम्बई इण्डियन्सलाई जितका लागि २३३ रनको फराकिलो लक्ष्य दिएको छ ।

इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै २ विकेट गुमाएर २३२ रन बनायो ।

कोलकत्ताका लागि सुबमन गिल, क्रिस लान र आन्द्रे रसेलले अर्धशतक बनाए ।

निकै आक्रामक ब्याटिङ गर्दै अविजित रहेका रसेलले ८० रनको योगदान दिए । यस्तै गिलले ७६ रन जोड्दा लानले ५४ रन बनाए ।

मुम्बईका दिपक चाहर र हार्दिक पाण्डयाले १/१ विकेट लिए ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्  ।कोलकत्ताको मैदानमा हुने खेलमा मुम्बई जित निकाल्दै प्ले अफ नजिक पुग्न चाहन्छ । दोस्रो स्थानको मुम्बईको ११ खेलबाट १४ अंक छ ।

कोलकत्ता ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।