पञ्जाबलाई पराजित गर्दै कोलकत्ता प्लेअफमा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पञ्जाबलाई पराजित गर्दै कोलकत्ता प्लेअफमा



एजेन्सी । कोलकत्ता नाईड राईडर्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफमा पुगेको छ । शुक्रबार राति भएको खेलमा किंग्स ईलेभेन पञ्जाबलाई पराजित गर्दै कोलकत्ताले प्लेअफमा स्थान बनाएको हो ।

सुरुमा कोलकत्ताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

पञ्जावका लागि साम कुरानले अविजित ५५ रन बनाएका थिए । निकोलस पोरानले ४८ रन बनाएको ईनिङ्समा मायाङ्का अग्रवालले ३६ रन बनाए ।

कोलकत्ताका सन्दीप वारियरले सर्वाधिक २ विकेट लिए ।

योसंगै आईपीएलको प्लेअफमा पुग्ने टोलीको टुङ्गो लागेको छ । कोलकत्तासंगै चेन्नेई सुपर किंग्स, मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्स प्लेअफमा प्रवेश गरेका छन् ।