दिल्लीलाई १७९ रनको लक्ष्य : कोलकत्ताको राम्रो प्रदर्शन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिल्लीलाई १७९ रनको लक्ष्य : कोलकत्ताको राम्रो प्रदर्शन



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १७९ रनको लक्ष्य दिएको छ  ।

इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनायो । कोलकत्ताका लागि सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले ।

आज दुवै टोली जित निकाल्ने लक्ष्य सहित मैदान उत्रिएका छन् ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली चौंथो जितको खोजीमा रहेको छ । दिल्लीले ६ खेलमा २ जित निकालेको छ । दिल्ली छैटौं स्थानमा छ ।

कोलकत्ता पाँचौं जितको खोजीमा रहेको छ । दोस्रो स्थानको कोलकत्ता ६ खेलबाट ८ अंक रहेको छ ।

जारी पहिलो सिजनको पहिलो भेटमा भने दिल्लीले कोलकत्तालाई सुपर ओभरमा हराएको थियो ।

कोलकत्ताविरुद्ध दिल्लीले सन्दीपलाई टिममा राखेको छैन ।