किस्ट मेडिकल कलेजका कर्तुत नै कर्तुत - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

किस्ट मेडिकल कलेजका कर्तुत नै कर्तुत



काठमाडौं – ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ ।

कलेजले मन्त्रिपरिषद्बाट विर्धारितभन्दा लाखौँ बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरुको गुनासो छ । शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा भर्ना हुन गएका विद्यार्थीसँग समेत मनोमानी शुल्क मागिएको छ ।

कलेजका शैक्षिक संयोजक किशोरीसिंह बस्नेतले अतिरित्त रकम नतिर्ने विद्यार्थीलाई हाजिर नगराउने चेतावनी दिने गरेको विद्यार्थी बताउँछन् । यो समाचार सुदीप कैनीले कान्तिपुरमा लेखेका छन् ।