कोरोनाका कारण ललितपुरको किस्ट अस्पतालमा एकको ज्यान गयो - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कोरोनाका कारण ललितपुरको किस्ट अस्पतालमा एकको ज्यान गयो



काठमाडौँ- कोरोनाका कारण ज्यान जानेको संख्या थपिएको छ । ललितपुरको किस्ट अस्पतालमा एक व्यक्तिको ज्यान गएको बताइएको छ ।

ललितपुरको किस्ट अस्पतालमा उपचार गराइरहेका उक्त व्यक्तिको मृत्यु भएपछि केहीबेरमा आएको रिपोर्टमा संक्रमण पुष्टि भएको छ ।

लामो समयदेखि बिरामी भएका ति व्यक्ति केहिदिन अगाडी कलेजोमा समस्या भएक भन्दै किस्ट अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका उनको घर ललितपुरको बुङ्‌मतिमा भएको जनाइएको छ ।

किस्ट अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गरिएर परीक्षणका लागि टेकु पुर्‍याइएको थियो। निधनको केहीबेरपछि टेकुबाट आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो।

सोही निर्वाचन क्षेत्रकी सांसद पम्फा भुसालले पनि एक जनाको मृत्यु भएको पुष्टि गरेकी छन् । उनले सामाजिक सञ्जालमा मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेकी छन्।