लखेट्दै किशोरीमाथि सामूहिक बलात्कार - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

लखेट्दै किशोरीमाथि सामूहिक बलात्कार



म्याग्दी । चार जना किशोरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ मा रहेको दिदीको घरमा गइरहेका थिए ।

उनीहरु १२ देखि १५ उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे पनि पहिरोको कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राती करीब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो ।

रात परिसकेको अवस्थामा बास खोज्दै गर्दा गाँजा र चुरोट तान्दै गरेका तीन युवाले उनीहरुलाई पछ्याउन थाले । प्रकाश छिनाल, अर्जुन परियार र नविन परियारको नजर १५ वर्षीया किशोरीमाथि पर्यो ।

उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्क्याउँदै हातपात गर्न खोजे । आक्रामण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएकै बाटो भागे । युवाहरुले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन ।

भाग्दै गरेकी १५ वर्षीया किशोरीलाई उनीहरुले मुख थुन्दै एकान्ततिर लगेर बलात्कार गरेर सामूहिक बलात्कार गरे । त्यसबीचमा बत्ती आएपछि भागेका तीन किशोरीले गाउँमा गएर स्थानीयलाई गुहारे । किशोरीलाई उद्दार गरे । भाग्दै गरेका युवाहरुलाई पक्रेर प्रहरीको जिम्मा लगाए । कान्तिपुर दैनिकमा खबर छ ।