किशोरीलाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

किशोरीलाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ



गाईघाट- उदयपुर बेलका नगरपालिकाकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा सुनसरी बराह नगरपालिका ८ का ६२ वर्षीय सुडिलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

हाल सोही स्थानमा बसोबास गर्दै आएका चौधरीले १५ वर्षकी किशोरीलाई बेलका बजारमा बलात्कार गरेको प्रहरीको आरोप छ।

आरोपित चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।