सरकारलाई अर्को झट्का: किशोर श्रेष्ठलाई काउन्सिल अध्यक्षबाट नहटाउन सर्वोच्चको आदेश - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सरकारलाई अर्को झट्का: किशोर श्रेष्ठलाई काउन्सिल अध्यक्षबाट नहटाउन सर्वोच्चको आदेश



काठमाडौं- सरकारका पछिल्ला केहि निर्णयमा सर्वोच्च अदालतले झट्का दिन थालेको छ । यस्तै सरकारको पछिल्लो निर्णय पनि विवादित बनेको छ ।

सर्वोच्च अदालतले किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यबहाक अध्यक्षबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ।

सरकारले श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई कार्यबहाक अध्यक्ष नियुक्त गरेपछि प्रेस काउन्सिल बोर्ड ऐन विपरित नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले श्रेष्ठलाई कार्यबहाक अध्यक्षका रुपमा काम गर्न नरोक्न आदेश जारी गरेको छ।