किसान सहकारीद्बारा नगरपालिकालाई खाद्यान्न सहयोग - Himal Post Himal Post
  • १ बैशाख २०८२, सोमबार
  •      Mon Apr 14 2025
Logo

किसान सहकारीद्बारा नगरपालिकालाई खाद्यान्न सहयोग



सुखड,कैलाली । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि किसान बहुउद्देश्यीय सहकारी संस्था लि.सुखड शाखाले घोडाघोडी नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ ।

नगर प्रमुख ममता प्रसाद चौधरीलाई सुखड शाखाका वित्तिय प्रमुख रण बहादुर साउँदले ५० हजार बराबरको खाद्यान्न आज हस्तान्तरण गरेका हुन् । संस्थाले ७ क्विन्टल चामल, ५० किलो दाल, ४० लिटर खाने तेल, १ सय पोका नुन लगायतका खाद्यान्न नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

देशलाई लकडाउन गरे पछि दिन भरी मजदुरी खाने अति विपन्न परिवारहरु धेरै समस्यामा परेको सुन्न आएको हुदा विपत्तिको समयमा संस्थाले सक्दो सहयोग गरेको शाखाले जनाएको छ । बिभिन्न सघंसस्था बाट आएको खाद्यान्न साँझ बिहानको एक छाक खाना पनि जुटाउन मुस्किल भएका अति विपन्न परिवारलाई वितरण गरीने नगरपालिकाले जनाएको छ ।